Friday, February 1, 2008

02-Feb-2008

मधेसी मोर्चाका २५ कार्यकर्ता गिरफ्तार,आधा दर्जन घाइते


सप्तरी/ संयुक्त मधेसी मोर्चाको आह्वानमा शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा तालाबन्दी गर्न गएको मोर्चाका २५ कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको मधेसी जनअधिकार फोरम सद्भावना पार्टर्ीीे संयुक्त मधेसी मोर्चाको पूवघोषित कार्यक्रमअनुसार मोर्चाको जुलुससहित तालाबन्दी गर्न गएका कार्यकर्तालाई त्यहाउपस्थित प्रहरीले तालाबन्दी गर्नुअगावै जिल्ला प्रशासन कार्यालय गेटअगाडिबाट गिरफ्तार गरेको हो जिल्ला प्रशासन घेराउ गरेपछि सद्भावनाका केन्द्रीय सदस्य महेश यादव, युवा मञ्चका केन्द्रीय अध्यक्ष दीपेन्द्र चौधरी, विद्यार्थी मञ्चका सप्तरी अध्यक्ष किशोरकुमार यादव 'केसी' लगायत २५ जनालाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय लगेको

गिरफ्तारीपछि आक्रोशित मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गरेका छन् जिल्ला प्रशासनको सुरक्षार्थ सयौं सशस्त्र जनपदका प्रहरीलाई तैनाथ गरिएको प्रहरीले मोर्चाका कार्यकर्तालाई गिरप\mतार गर्ने क्रममा भएको झडपमा आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् उनीहरूको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको

शैलेन्द्र " सुमन"

No comments: