Sunday, February 3, 2008

03-Feb-2008

तराइमा जातीय हिंसा भड्कन सक्ने काड.को भनाइ

तराइमा पर्याप्त सुरक्षा अभावका कारण उक्त क्षेत्रमा जातीय हिंसा भड्कन सक्ने राष्ट्र संघीय मानवअधिकार उप उच्चायुक्त क्वाड. हृवा काड.ले बताउनु भएको

आफ्नो दिने नेपाल भ्रमणमा नेपाल आउनु भएकी काड.ले राजधानीमा मन्त्री, सुरक्षा प्रमुख दलका नेता एवं मोफसलका हिंसाबाट पीडितहरुसँग भेट गरी आइतबार आयोजना गरिएकेा पत्रकार सम्मेलनमा दण्डहीनता कमजोर सुरक्षा संयन्त्रका कारण सशश्त्र समूहहरुबाट हत्या अपहरण बढिरहेको बताउनु भयो

उप उच्चायुक्त काड.ले राजनीतिक र्याली सभाहरुमा भइरहेको विष्फोटहरुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले तराइका जनताको बाँच्ने अधिकार सभा संगठन गर्न पाउने अधिकारलाई कुण्ठित गर्नुका साथै स्वतन्त्र निष्पक्ष निर्वाचनलाई चुनौति दिएको उल्लेख गर्नु भयो


जातीय विभेदको अन्त्यलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्नु पर्ने भन्दै उहाँले सर्वोच्च अदालतले संक्रमणकालमा खेलिरहेको भूमिकाको प्रशंसा समेत गर्नु भएको मानवअधिकार रक्षकहरुलाई आएको धम्कीहरुप्रति चिन्ता व्यक्त गर्दै व्यवधानबिना मानवअधिकार गतिविधि गर्न विशेष सरकारी संरक्षण हुनु पर्नेमा जोड दिनु भयो

शैलेन्द्र " सुमन "

No comments: