Friday, January 21, 2011

हतियारधारी समूहद्वारा विद्यार्थीको अपहरण

सिरहा, माघ ७ - अज्ञात हतियारधारी समूहले असनपुर ४ का एक विद्यार्थीलाई बिहीबार साँझ अपहरण गरेको छ ।

५/७ जनाको हतियारधारी सो अज्ञात समूहले असनपुर ४ घरभई देवकी कौलेज मिर्चैयामा स्नातक तह प्रथम बर्षमा अध्ययनरत सरोज साहलाई असनपुरस्थित आफ्नै इटाँ भट्टाबाट घर फर्किने क्रममा बिहीबार साँझ ७ ३० अपहरण गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

सरोजले गोलबजारमा मनी ट्रान्स्फरसमेत सञ्चालन गरेकोले उनको साथमा ६ लाख रुपैयाँ रहेको परिवारजनले बताए । अपहरित साहका दाजु विनोद साहले असनपुरमा नै बिशाल इटा भठा उद्योगसमेत सञ्चालन गरेकोले फिरौती असुल्ने मंसायले अपहरण गरेको हुन सक्ने स्थानीयबासीको भनाई छ ।

Source:Kantipur news

मधेस आन्दोलनका गुमनाम हस्ती

२०६३ साल माघ २ गते मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, महासचिव रामकुमार शर्मासहितका मधेसवादी नेताहरूले एक दिनअघि जारी अन्तरिम संविधान, २०६३ को प्रतिलिपि जलाउनुलाई सामान्यतया मधेस आन्दोलनको प्रारम्भ मान्ने गरिन्छ । अन्तरिम संविधानलाई मधेसविरोधी भन्दै काठमाडौंको माइतीघर मण्डलामा मधेसी नेताहरूले गरेको यस दुस्साहसलाई मधेस आन्दोलनको शंखनाद भन्नु अत्युक्ति नहोला । रूपमा हर्ेर्ने हो भन्ने मधेसी नेताहरूको यो भद्र अवज्ञा आममधेसीको मुटुभित्र वर्षौदेखि 'म्याग्मा'को रूपमा पग्लेर बसेका उपेक्षाको निकास थियो जुन ज्वालामुखी भएर छताछुल्ल भयो । माइतीघर मण्डलामा राज्यले प्रदर्शन गरेको पारम्परिक विभेदकारी चरित्रले आगोमा घिउ थप्ने काम गर्‍यो ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०१५ सालको आमनिर्वाचन, २०१७ सालपछि बहुदलीय प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलन, २ ०३६ सालको जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्ध तथा २०६२/२०६३ को जनआन्दोलन २ मा बराबरीको हिस्सेदारी गरेर पनि आफ्नै देशमा दोस्रो दर्जाको नागरिकको जीवन बिताउन अभिशप्त, पद, प्रतिष्ठा र पहिचानको मामिलामा उपेक्षित मधेसीहरूको मुटुभित्र आन्दोलनको टुसा धेरै पहिल्यैदेखि नै पलाइरहेका थिए । राजा, कांग्रेस, एमाले र माओवादी र्समर्थक मधेसी नेताहरूको मुटुभित्र पनि हीनभावनाको 'वटवृक्ष' झांगिन थालेका थिए ।

जातीय स्वशासन र आत्मनिर्णयकाे अधिकारसहितको स्वायत मधेसको 'मनमोहक' नारा दिएर जनयुद्ध लडेका माओवादी र्समर्थक मधेसी नेताहरू पनि आफू ठगिएको अनुभव गर्न थालेका थिए । समानता र समावेशीको सपना बोकेर जनआन्दोलन २ मा सहभागी भएका मधेसी युवकहरू त्यतिबेला झन् निराश र आक्रोशित बने जब अन्तरिम संविधानमा पनि उनीहरूले आफू ठगिएको पाए । यी सम्पूर्ण असहमति र विभेदहरूको समाधान सडकबाट खोजिन थाल्यो । जो मधेस व्रि्रोहको रूपमा देखा पर्‍यो । यस्तै विभेद र आक्रोशहरूको सम्मिलित रूप थियो- मधेस आन्दोलन ।

२०६३ माघ २ भन्दा धेरै पहिलेदेखि जनकपुरमा मधेसवादको उदय भइसकेको थियो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत मधेसी युवकहरू राजधानीमै नेपाली विद्यार्थी फ्रन्टको गठन गरी संगठन विस्तार तथा वैचारिक अन्तरक्रिया गर्न मधेस छिरिसकेका थिए । मधेसवाद लिएर यसरी जनकपुर झरेका युवकहरूमा इन्द्रकुमार मधेसानन्द, दीपक झा, मुकेश यादव, मुकेश चौधरी, आकाश त्यागी, पवन झा, केशव झा, शम्भु निर्दोषी, दीनेश पूर्वे, वीरेन्द्र साह, विवेक आदि थिए । आधुनिक शिक्षा प्राप्त यी युवकहरूको मुटुभित्र मधेस मुक्तिको अभिलाषा तथा जुनसुकै त्याग गर्ने हौसला थियो । यी युवकहरूभित्रको मधेसवाद स्वर्गीय गजेन्द्रनारायण सिंहको मधेसवादभन्दा भिन्न थियो । कारण उनीहरूको मधेसवाद

भनेको, 'यो धरतीमाथि हाम्रो मालिकाना हक हो । हामी भगौडा होइनौं, यहाँका धरतीपुत्र हौ । हामीले आफ्नो जल, जंगल र जमिनको व्यवस्थापन आफैं गर्न पाउनर्ुपर्छ । यी अधिकारहरू शान्तिपूर्ण आन्दोलनबाट दिन्छौ भन्ने बेस अन्यथा हामी जे पनि गर्न तयार छौं ।' भन्ने थियो ।

२०६२ सालदेखि जनकपुरलाई आधार बनाएर यी युवकहरूले संगठन विस्तार तथा जनजागरण कार्यक्रमहरू गर्न थालेका थिए । एक वर्षो अवधिमा उनीहरूले जनकपुरका गल्लीगल्लीसम्म समानताको नारा पुर्‍याए । उनीहरूले गरेको समानतासम्बन्धी वालपेन्टिङ अझै पनि जनकपुरमा विद्यमान छ । यिनै युवकहरूले २०६२ सालमा सम्पन्न मिथिला महोत्सवको विरोध गरेका थिए । यसैगरी मधेस मुद्दाप्रति अनुदार नेपाली सञ्चार माध्यमहरूलाई दबाब दिन केही राष्ट्रिय पत्रिका पनि जलाएका थिए ।

सा“चो अर्थमा भन्दा यिनै युवकहरूले गरेको पूर्वतयारी मधेस आन्दोलनको आधार बनेको थियो । तर दुर्भाग्य मधेस आन्दोलनपछि आएको हुरी-बतासमा मधेसका यी हस्तीहरू उडेर गए । राजा, कांग्रेस, एमाले र माओवादीको नाममा देश खाएकाहरूको हालीमुहाली मधेसवादी दलहरूभित्र पनि कायम हुन थाल्यो । मधेस आन्दोलनका संवाहक बनेका आकाश त्यागीले प्रहरी कारबाहीमा मृत्युवरण गरिसकेका छन् भने मुकेश चौधरी सशस्त्र समूहस“ग सम्बद्ध भइसकेका छन् । दीपक झा, शम्भु निर्दोषी, मधेसानन्द, ओमप्रकाश साहमध्ये कोही पनि सत्ताधारी मधेसी दलसँग सम्बद्ध छैनन् । यसैगरी वीरेन्द्र साह अध्ययनलाई निरन्तरता दि“दै छन् भने विजय चौधरी र दिनेश पूर्वे विदेश पलायन भइसकेका छन् ।

Source : Kantipur news