Monday, June 30, 2008

30-June-2008

Friday, June 26, 2009

तराई आर्मीका प्रमुख पक्राउ

असार ११ - प्रहरीले मोस्ट वान्टेड सूचिमा रहेको तराई आर्मीका केन्द्रीय कमान्डर सहन्साह (भैरव यादव)लाई गएराति सर्लाहीबाट पक्राउ गरेको छ। तराई आर्मीले काठमाडौँमा शृंखलावद्ध बम विस्फोट गराएको दावी प्रहरीको छ। यादवसँगै तराई आर्मीका तराई इञ्चार्ज वीरेन्द्र यादव पनि गिरफ्तार भएका छन्। उनीहरुका साथबाट बन्दूक र गोलीहरु बरामद भएको छ। भैरव यादव तराई आर्मीका प्रमुख मिस्टर जोन प्रहरीसितको भिडन्तमा मारिएपछि संगठनका केन्द्रीय कमान्डर बनेका थिए।

उनी नेपाल प्रहरीका पूर्व हवल्दार रहेको प्रहरीले जनाएको छ।

गएराति रौतहटका प्रहरीले पिछा गरेको थाहा पाएपछि भागेर सर्लाही पुगेका यादवलाई त्यहाँको प्रहरीले गिरफ्तार गरेको हो।

उनीमाथि हत्या, विस्फोट, अपहरणका विभिन्न मुद्दा लगाइएको छ।

-नागरिक