Tuesday, March 4, 2008

६ जना काँग्रेस सांसदद्वारा पार्टी त्याग, मधेशी फोरममा प्रवेश

नेपाली काँग्रेसमा लामो समयदेखि सक्रिय रहेका शक्तिशाली मन्त्री पनि बनिसकेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय विजयकुमार गच्छदार सरतसिंह भण्डारीसहित जना सांसदले सोमबार नेपाली कांग्रेस सांसद पद परित्याग गरेका छन्

काठमाडौंको टेकुस्थित होटल अर्किडमा पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी सांसद पद त्यागेको घोषणा गरेका हुन् त्यसैगरी पार्टी पद त्याग गर्ने अन्य कांग्रेसी सांसदहरुमा लक्ष्मणप्रसाद मेहता, रामजनम चौधरी, मंगलप्रसाद थारु हरिनारायण चौधरी रहेका छन् पछिल्लो आम निर्वाचनमा गच्छदार सुनसरी-, भण्डारी महोत्तरी-, मेहता सुनसरी-, राजनम चौधरी कैलाली-, हरिनारायण मोरङ- थारु बर्दिया- बाट निर्वाचित भएका थिए

काँग्रेस छाडेका उनीहरु मधेशी जनअधिकार फोरममा प्रवेश गर्ने भएका छन् गच्छदार भण्डारी मधेश समस्या समाधान नभइ निर्वाचनमा नजाने घोषणा गर्दै यसअघि पार्टीले दिएको टिकट बहिस्कार गरेका थिए मधेशका माग सरकारले सम्बोधन गरेपछि प्रत्यक्ष प्रणालीअन्तर्गत टिकटका लागि गरेको आग्रह पार्टी नेतृत्वले अस्वीकार गरेपछि उनीहरुले कांग्रेस परित्याग गरेका हुन्

यसअघि पनि उनीहरुले राजतन्त्रको पक्षमा वकालत गर्दै पार्टी नीतिविपरीत अभिव्यक्ति दिदै हिडेका थिए अन्य चार सांसदलाई पनि कांग्रेसले यो पटक टिकट दिएको थिएन उनीहरु पनि राजा निकट मानिदै आएका छन्

मधेश समस्या समाधान नभए दश सांसदसहित कांग्रेस छोड्ने तयारीमा रहेका गच्छदार सरतसिंह भण्डारी मधेश समस्या राज्यले हल गरेकाले जना मात्र लिएर बाहिरिएका छन् यसले मधेश आन्दोलनमा राजावादीहरुको हात रहेको भन्ने तर्कलाई समेत बल पुर्याएको