Thursday, February 18, 2010

भारतीय राजदूतलाई तराईका गाउँमा जान नदिनएकीकृत माओवादीको माग

काठमाडौँ, फागुन ६ (नागरिक)- भक्तपुरको खरिपाटीमा बुधबार सुरू भएको एकीकृत माओवादीको दुई दिने केन्द्रीय प्रशिक्षणमा कार्यकर्ताहरुले तराईका गाउँगाउँमा स्कुल, अस्पताल र सडक बनाउने नाउँमा भारतीय राजदूत गाउँगाउँ जानबाट रोक्न आग्रह गरे।

मिथिला राज्य समिति सेक्रेटरी कृष्णदेवसिंह दनुवारले रिपोटिंग गर्दै उनलाई रोक्न पार्टीले पहल गर्नुपर्ने बताए। मधेसी जनतालाई आफ्नो पक्षमा पार्न अभियान नै थालेको भन्दै चर्को विरोध गरे।

'मधेसका गाउँगाउँमा विद्यालय, अस्पताल र सडक भारतले बनाउने नाउँमा उद्घाटन गर्न राजदूत गाउँगाउँ जाँदैछन्,' दनुवारको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'कडापूर्वक नियन्त्रण गर्नुपर्छ।' सहयोगको नाउँमा अतिक्रमणप्रति चूप रहून् भनेर यसरी जान थालेको भन्दै विरोध जनाएका थिए।