Wednesday, February 27, 2008

तराईका विभिन्न जिल्लामा बिहीबार पनि कर्फ्यु कामयै


काठमाडौं

पेट्रोलियम पदार्थको सहज ढुवानी तथा प्रहरी प्रदर्शनकारीको भिडन्तपछि तनावग्रंस्त बनेका पूर्वाञ्चलका केही जिल्लामा स्थानीय प्रशासनले बिहीबार पनि कर्फ्यु आदेशलाई निरन्तरता दिएका छन्

सुनसरी प्रशासनले दुहवी सोनापुर क्षेत्रमा लगाएको कर्फ्यु बिहान घण्टका लागि हटाएको छ। सर्वसाधारणलाई अत्यावश्यकीय सामग्री खरिदका लागि बिहान बजेदेखि बजेसम्म कर्फ्यु हटाइएको हो १० बजेदेखि पुनः अनिश्चितकालीन कर्फ्यु कायमै रहने स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले स्थितिमा सुधार आएको महशुस गरे कर्फ्यु हटाउनेबारे पुनःविचार गर्ने निर्णय गरेको छ। पेट्रोलियम पदार्थको सहज ढुवानीका लागि बारा प्रशासनले सिमरा-वीरगञ्ज सडक खण्डमा बिहान .३० बजेदेखि .३० बजेसम्मका लागि कर्फ्यु लगाएको छ।

त्यस्तै पर्सा प्रशासनले पनि वीरगञ्ज नगर क्षेत्रको पूर्वमा नेशनल मेडिकल कलेज, पश्चिममा रानीघाट, उत्तरमा बाराको सीमा दक्षिणमा भारतीय सीमासम्म कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले बुधबार राति कर्फ्यु लगाएर ९१ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ, बुलेट ग्यास ९३ ट्रक खाद्यान्न बोकेका सवारी साधनलाई सो नाका हुँदै राजधानी पठाएको थियो

No comments: