Sunday, February 17, 2008

दमन नरोकिएसम्म वार्ता नगर्ने मोर्चा



फेब्रुअरी, १8 काठमाडौं

सरकारले तराइमा आन्दोलनरत संयुक्त मधेशी मोर्चालाई वार्तामा बोलाएपछि मोर्चाले बनाएको वार्ता टोलीले मधेशमा सरकारी दमन बढ्दै गएको भन्दै उक्त दमन नरोकिएसम्म तत्कालका लागि वार्ता नगर्ने निर्णय गरेको

मधेशी जनअधिकार फोरमका सह संयोजनक जयप्रकाशप्रसाद गुप्ताले बताउनु भए अनुसार सरकारले दमनको नीति फिर्ता नलिएसम्म वार्ता नगर्ने जनाएको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय अखण्डतामा असर पार्ने बाहेक सबै विषयमा वार्ता गर्न सकिने बताएपछि मोर्चाले वार्ता टोली गठन गरेको थियो

उता मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशको आत्मनिर्णयको अधिकारसहितको समग्र मधेश एक प्रदेशको सुनिश्चितता नगरेसम्म बन्द जारी रहने बताउनु भएको

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शनिबार व्यक्त गर्नु भएको भनाइप्रति असहमति व्यक्त गर्दै यादवले सरकारले सेना परिचानल गरेर मधेशमा संविधानसभा निर्वाचन गराउने सोच बनाए प्रत्युत्पादक हुने चेतावनी पनि दिनुभयो

No comments: