Wednesday, February 27, 2008

तराईमा हिंसा चर्कियो, प्रहरीको गोलीबाट प्रदर्शनकारीको मृत्यु


बुटवल, १४ फागुन
2008-02-27,Wednesday

नवलपरासीको महेशपुरस्थित सीमा प्रहरीचौकी आक्रमण गर्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको प्रहरीको गोलीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार प्रहरीचौकी आक्रमण गर्न पुगेका मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा रामग्राम नगरपालिका-, ललितपुरका कतवारु भन्ने जगदीश पासवानको मृत्यु भएको हो

आक्रमणका लागि चौकीभित्र छिर्न थालेपछि प्रहरीले बाध्य भई गोली चलाउँदा प्रदर्शनकारीको मृत्यु भएको जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक सुशीलराज भण्डारीले बताए

प्रदर्शनकारीले पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको नवलपरासीस्थित घरमा तोडफोड आगजनी गरेका छन् नवलपरासीको रमपुरवा, महेशपुरमा रहेको कँडेलका दुई घर, ग्यारेज दुईवटा गाडीमा आगजनी तोडफोड गरेका छन्

आगजनीबाट महेन्द्रा जिप भारतीय नम्बर प्लेटको मारुती भ्यान ध्वस्त भएको प्रहरीले जनाएको प्रदर्शनकारीले भने प्रहरी दमनविरुद्ध कँडेलको घर गाडीमा आजगनी गरेको बताएका छन्

यता, दुई हप्तादेखि अवरुद्ध रहँदै आएको पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड प्रशासनले बल प्रयोग गरी खुलाएको प्रशासनले सुनवलदेखि बर्दघाटसम्म निषेधाज्ञा जारी गर्दै दिउँसोदेखि सडक सुचारु गरेको हो

प्रहरीलाई लक्षित गरी विस्फोट

यसैबीच, सशस्त्र प्रहरी चढेको भ्यानलाई लक्षित गरी वीरगन्जको गण्डकमा मंगलबार साँझ ७ः२० बजे बम विस्फोट गराइएको विस्फोटबाट सशस्त्र प्रहरीतर्फ कुनै क्षति नभएको सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेसक्याम्प चिनीमिल वीरगन्जले जनाएको

विस्फोटनको जनतान्त्रिक तराई मुक्तिमोर्चा पृथ्वी समूहले जिम्मेवारी लिएको मोर्चाका बारा जिल्ला इन्चार्ज आकाशले वीरगन्जका विभिन्न एफएम स्टेसनमा फोन गरी जिम्मेवारी दाबी गरेका हुन् उनले तीनजना प्रहरी विस्फोटनमा परी धाइतेसमेत भएको दाबी गरेका छन् सशस्त्र प्रहरीले भने आफ्ना कुनै प्रहरी घाइते नभएको बताएको

पत्रिकाको कार्यालयमा विस्फोट
वीरगन्जबाट प्रकाशित हुने हिन्दी दैनिक सिहनादको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएका छन् विस्फोटमा परी कार्यालय रहेको घरका मालिक मुन्ना साह घाइते भएका छन् उनको हाल वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको

वीरगन्ज्ाको ओम आश्रमअगाडि रहेको हिन्दी दैनिक सिहनादको कार्यालयमा अज्ञात व्यक्तिले बम फ्याँकेर भागेका थिए वीरगन्जमा कफ्र्यु लगाइएकै समयमा सो विस्फोट भएको हो केही दिनपहिले पनि सो पत्रिकाको कार्यालयअगाडि बम विस्फोट गराइएको थियो

यसैबीच, सशस्त्र प्रहरीले वीरगन्जबाट प्रकाशित हुने तराई टुडे दैनिकका सहसम्पादक जगत राईमाथि हातपात गरेको वीरगन्ज उपमहानगरपालिकामा कफ्र्यु लागेका समयमा सशस्त्र प्रहरीले स्कटिङ गरेको पेट्रोलियम पदार्थका ट्यांकरसम्बन्धी समाचार संकलनमा गएका उनलाई सशस्त्र प्रहरीले हातपात गरेको

वीरगन्जको रजत जयन्तीचोकमा खटिएका सशस्त्र प्रहरीले राईको परिचयपत्रसमेत खोसी हातपात गरेको उनले बताए

झडपमा तीन पत्रकार घाइते
यसैगरी, संयुक्त मधेसी मोर्चाका कार्यकर्ता सशस्त्र प्रहरीबीच रौतहटको गरुडामा झडप हुँदा तीनजना पत्रकार घाइते भएका छन

सोमबार गौरबाट नोमिनेसन दिएर फर्केका उम्मेदवारलाई मोर्चाका कार्यकर्ताले ढुंगामुडा गरेको विरोधमा मंगलबार प्रहरीले लाठी प्रहार गरेको आन्दोलनरत समूहले बताएको

दिउँसो गरुडामा मोर्चाका कार्यकर्ता सशस्त्र प्रहरीबीच भएको झडपको समाचार संकलन गर्न गएका स्थानीय पत्रकार मदन ठाकुर, अरुण यादव दिनेश देहाती प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन्

उनीहरूको गौर अस्पतालमा उपचार भइरहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झाले विज्ञप्ति प्रकाशीत गरी सो कार्यको विरोध गरेका छन् मधेसी फोरमका जिल्ला अध्यक्ष गणेश यादवले सशस्त्र प्रहरीले गरुडा, शिवनगर पोठियाही गाउँमा पसेर अन्नधुन्न लाठी हानेको महिलासमेत घाइते भएको बताएका छन्

हुलाक वन कार्यालय ध्वस्त

प्रहरीको गोलीबाट मृत्यु भएका गुलटेन दासको शवयात्राका क्रममा प्रदर्शनकारीले कञ्चनपुर बेरियरस्थित इलाका हुलाक कार्यालयमा तोडफोड गरेका छन् प्रदर्शनकारीले इलाका वन कार्यालय कञ्चनपुरमा पनि आगजनी गरेका छन्

बन्दको अवज्ञा गरी कार्यालय सञ्चालन गरेको भन्दै सो कार्यालय परिसरमा रहेको ना२ख ९५६९ नम्बरको फुलडाला ट्रक बा१प २३३५ नम्बरको मोटरसाइकलसमेत प्रदर्शनकारीले जलाएको रेन्जर शिवदेवप्रसाद साहले बताए उनका अनुसार आगजनीबाट कार्यालयका सबै कागजात नष्ट भएको

संविधानसभा चुनावको उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने क्रममा सुरक्षाकर्मी प्रदर्शनकारीबीच सोमबार भएको झडपमा प्रहरीको गोली लागेर दिघवा गाविस-, बिरौलका गुल्टेन दासको मृत्यु भएको थियो

No comments: