फेब्रुअरी, १४ काठमाडौं
हाल नेपालमा सरकारको टाउको दुखाइको विषय भएको तराइ समस्या समाधान गराएर नै आगामी संविधानसभाको निर्वाचन तोकिएको समयमा सम्पन्न गर्ने दृढता प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले व्यक्त गर्नु भएको छ ।
नेपालको भ्रमणमा रहेको भारतीय काँग्रेसको टोलीसँगको भेट पश्चात् बिहीबार बिहान हँसिलो अनुहारका साथ कोइरालाले सञ्चारकर्मीहरुसँग त्यस्तो कुरा बताउनु भएको हो ।
तराइमा बढिरहेको समस्याका बारेमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको प्रतिउत्तरमा प्रधानमन्त्रीले तपाइँहरु ढुक्क हुनुहोस् कि तराइ लगायत सबै समस्याहरु समाधान गरेर म चुनाव गराउँछु ।
No comments:
Post a Comment