Monday, February 4, 2008

05-Feb-2008

मधेश चुनाव गराउन गर्हो हुन सक्छन |

सरकार सातदलले २८ चैतमा संविधानसभा चुनाव गर्ने संकल्प गरे पनि नागरिक समाज मधेसी नेताले शंका गरेका छन् गठबन्धन सरकारले चुनाव गर्ने प्रतिबद्धता दोहोर्याए पनि आन्तरिक रूपमा चुनाव नगर्ने षड्यन्त्रमा लागेको उनीहरूको आरोप

संविधानसभा चुनाव गर्ने प्रतिबद्धता व्यक्त गर्दै दलहरूले देशव्यापी संयुक्त सभासमेत गरिसकेका छन् मधेसी नेताहरूका अनुसार यस्ता सभाको औचित्य छैन तर्राई-मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले दलको सभाले उनीहरूबीचको खोक्रो एकतालाई मात्र देखाएको टिप्पणी गरे २८ चैतमा चुनाव हुन नसक्ने दाबी गर्दै उनले भने, 'सरकार आफै चुनावको पक्षमा छैन, कसरी हुन्छ चुनाव ?'

तर्राईवासी, दलित, जनजाति शान्तिपूण आन्दोलनमा उत्रेका समूहमाथि सरकारले दमनको नीति लिन थालेको ठाकुरको आरोप उनले नयापत्रिकासित भने, 'तर्राईवासीको मागमा सरकार संवेदनशील नभए स्थिति झन् ब्रि्रन सक्छ ' गणतन्त्र घोषणा, पूणसमानुपातिक चुनाव प्रणाली राष्ट्रिय एकता कायम गरी आत्मनिर्ण्र्ााहितको अधिकार जनतालाई दिने कुरा संविधानमा लेखिए चुनावको माहोल बन्ने ठाकुरको भनाइ उनले भने, 'यसका लागि तर्राईमा शान्तिपूण आन्दोलन गरिरहेका सबै पक्षसितको गोलमेच सम्मेलन गर्नु जरुरी '

बुद्धिजीवी नीलाम्बर आचार्यले पनि २८ चैतमा चुनाव हुने सम्भावना देखेका छैनन् 'चुनावका विषयमा सात पार्टर्ीीत्रै मनमुटाव , कसरी चुनाव गर्न सकिएला -' उनले भने, ' मात्र होइन, आमनेपाली जनता नै अहिलेकै स्थितिमा चुनाव हुन सक्छ भन्नेमा छैनन् '

तर्राईमा शान्तिपूण आन्दोलन गर्ने हतियारधारी समूहलाई सरकारले छुट्याउन नसकेको उनको आरोप 'सरकारले आन्दोलन गर्ने सबैलाई एउटै रूपमा लिनुहुदैन मिल्न सक्नेसित मिल्नुपर्छ नसक्नेसित कारण देखाउदै सोहीअनुसारको व्यवहार गर्नुपर्छ,' उनले भने नागरिक अगुवा सुन्दरमणि दीक्षितले पनि अहिलेकै अवस्थामा शान्तिपूण संविधानसभा चुनाव गर्न नसकिने बताए उनले भने, 'चुनाव अनिवार्य , तर सरकार चुनाव गराउने बाटोमा देखिदैन '

तर्राईवासीले उठाएका मागलाई सरकार ठूला दलले टेरपुच्छर नलगाएको आरोप दीक्षितले लगाए जनजाति/आदिवासीलगायतका समूहसित सरकारले गरेका सहमति कार्यान्वयन नगरेको टिप्पणी गर्दै दीक्षितले भने, 'भएका सबै सहमतिलाई सरकारले पालना गर्नुपर्छ ' सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो सरकारले यही स्थितिमा चुनाव गराउन नसक्ने ठोकुवा गर्छन् 'सरकारमा सामेल दलहरू नै २८ चैतमा हुने भनिएको संविधानसभा चुनावलाई नै सहिद बनाउने षड्यन्त्रमा लागेका देखिन्छन्,' उनले भने महतोका अनुसार सरकारमा सामेल दलका नेताहरूबीच नै विश्वासको संकट भएकोले चुनावबाट पछि हट्न खोजिरहेका छन्

केही राजनीतिक दलका नेता मन्त्री बन्दुकको भरमा मधेसका समस्या समाधान गर्ने कोसिसमा लागेको महतोको आरोप उनले भने, 'सरकार यही मनसायमा भने मुलुकका लागि त्योभन्दा ठूलो दर्ुभाग्य अरू हुन सक्दैन ' तर्राईवासीले उठाएका माग सम्बोधन नगरे २८ चैतमा मात्र होइन, त्यसपछि पनि चुनाव गर्न नसकिने मधेसकै अर्का नेता तथा मधेसी जनअधिकार फोरमका किशोरकुमार विश्वासको भनाइ उनले भने, 'अन्य समूह चुनाव गर्र्छौं हुन दिन्छौं भनेर अघि बढेका छन् तर, हाम्रा माग पूरा नगरेसम्म तर्राईमा चुनाव गर्न कठिन '

सबैभन्दा बढी मधेसका जनता संविधानसभा चुनावको पक्षमा रहे पनि उनीहरूको भावनालाई सरकारले समेट्न नसकेको विश्वासको तर्क सरकार सातदललाई माघ मसान्तभित्र आफूहरूले उठाएका माग पूरा गर्न 'अल्टिमेटम' दिएको दोहोर्याउदै उनले भने, 'माग पूरा नभए फागुनदेखि देशव्यापी आमहड्तालमा उत्रने निर्ण्र्ाागरिसकेका छौं, त्यो अवस्थामा चुनाव हुन सक्दैन ' र् अर्थपूण चुनाव गराउने पक्षमा सरकार आफैं नरहेको आरोप मधेसी जनअधिकार फोरम -उपेन्द्र समूह) का सचिव बिपी यादवको उनले भने, 'हामी चुनाव चाहन्छौं, तर हामीले उठाएका सबै माग चुनावअघि पूरा हुनुपर्छ '

नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे भने संविधानसभा चुनाव हुन्छ कि हुन्न भन्ने अन्योलमा छन् ' भर्खर बाहिरबाट आएको छु, मलाई यसबारे जानकारी छैन, अरूलाई नै सोध्नुस् ,' उनले नयापत्रिकासित सोमबार भने प्राध्यापक संघका अध्यक्ष भूपति ढकाल 'कमल'ले भने २८ चैतमा चुनाव हुने दाबी गरे 'चुनाव हुन्छ, भएन भने यसको सबै दोष माओवादीले लिनुपर्छ,' उनले भने, 'तपाईंले माओवादीका कार्यकर्ताको व्यवहार देख्नुभएको छैन -, यसैले पनि प्रस्ट हुन्छ नि †' तर्राईमा आन्दोलनरत समूहले उठाएका जायज मागलाई पूरा गर्नुपर्ने उनको भनाइ ढकालले थपे, 'सकारात्मक माग पूरा गर्नुपर्छ, नकारात्मक मागलाई डिलेट गर्नुपर्छ '

अन्तरिम संविधानका मस्यौदाकार लक्ष्मण अर्याल पनि चुनाव हुनेमा ढुक्क छन् उनले नयापत्रिकासित भने, 'चुनाव गर्न सातदल प्रतिबद्ध छन्, चुनाव हुन्छ ' नेपाल बार एसोसिएसनका पर्ूवअध्यक्ष शम्भु थापाले चुनाव हुदैन भन्न चाहेनन् 'शम्भु थापाले नकारात्मक बोल्यो भन्ने किन पार्नु -, यो विषयमा केही बोल्दिन' वाम बुद्धिजीवी श्याम श्रेष्ठले पनि तर्राईको समस्या समाधान नगरे चुनाव गर्न नसकिने बताए उनले भने, 'चुनावको विकल्प छैन, त्यसका लागि दलहरू सक्रियतापूवक लाग्नुपर्छ '

२८ चैतमा चुनाव हुन सक्दैन भन्नुमा कुनै तुक नरहेको प्राध्यापक कृष्ण खनालको तर्क उनले भने, 'कुनै पनि हालतमा निर्धारित मितिमै चुनाव गराउनर्ुपर्छ, यो सातदल सरकारको जिम्मेवारी हो ' तर उनले पनि तर्राईका समस्या समाधान नभए चुनाव गर्न मुस्किल हुने बताए 'सातदलीय सरकारका लागि यो अग्निपरीक्षा हो, हेरांै कसरी पास हुन्छन्,' खनालले भने कांग्रेस महामन्त्री रामबरण यादवले २८ चैतमा नै कुनै पनि हालतमा चुनाव हुने ठोकुवा गरे 'हामी तर्राईवासीले उठाएका मागबारे आन्दोलनकारी नेतासित छलफलमा छौं, चाडै सहमतिमा पुग्छौं,' उनले जनतालाई विश्वस्त गराउन खोजे आमनेपाली जनता चुनावको पक्षमा रहेकाले पनि निर्धारित मितिमा चुनाव हुनेमा आफू ढुक्क रहेको यादवको भनाइ उनले भने, ' पनि तर्राईकै नेता हु, तर्राईका जनता के चाहन्छन्, त्यो हामीलाई पनि थाहा '

शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेल पनि निर्धारित मितिमा चुनाव हुनेमा ढुक्क छन् 'तपाईंहरू ढुक्क हुनुस् , हामी त्यही चुनावमै लागिरहेका छौं,' उनले नयापत्रिकासित भने तर्राईमा आन्दोलनरत पक्षसित अनौपचारिक वार्ता चलिरहेको जानकारी उनले दिए 'तपाईंहरू अरूले के भने भन्नेतिर नलाग्नुस् क्लियर हुनुस्- हामी सबैलाई सहमतिमा ल्याएर चुनाव गराएर छाड्छौं,' पौडेलले भने

एमाले नेतार् इश्वर पोखरेलले चुनावको विकल्प नरहेकाले कुनै पनि हालतमा २८ चैतमा चुनाव हुने दाबी गरे तर, तर्राईका कारण चुनाव रोकिन सक्ने संकेत उनले पनि गरे 'तर्राईको समस्याले रोके मात्र, नत्र चुनाव हुन्छ,' उनले भने, 'रोकियो भने त्यसको दोष कांग्रेसले लिनुपर्छ, कांग्रेसकै कारण मधेस समस्या बढेको हो ' उनले सरकार कांग्रेसको गैरजिम्मेवारीका कारण समस्याले उग्ररूप लिदै गएको टिप्पणी पनि गरे

No comments: