Thursday, February 21, 2008

मधेशवादी नेतासँगको वार्ता सहमति नजिक, शिर्ष नेताहरुको बैठक बस्ने

मधेश समस्या समाधानको प्रयासमा प्रमुख दलका नेताहरुले शुक्रबार पनि आन्दोलनरत मधेशवादी दलका नेताहरुसँग परामर्श गर्ने भएका छन्

कांग्रेस एमालेका नेताहरुसँग बिहीबार छुट्टाछुट्टै भेटेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले शुक्रबार पनि भेटघाटलाई निरन्तरता दिने बताएका छन्

मोर्चामा आवद्ध मधेशी जनअधिकार फोरमका प्रवक्ता उपेन्द्र झाकाअनुसार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालगायतका नेताहरु मोर्चाका प्रमुख नेताहरुबीच भेटवार्ता हुनेछ

वार्ता प्रयासमा सहभागी एक नेताकाअनुसार छलफल सहमति नजिक पुगेको उल्लेख गर्दै शुक्रबार नै सात दलको बैठक बसी सहमतिलाई औपचारिकता दिइनेछ

No comments: