Saturday, February 9, 2008

'मधेश समस्या समाधान नभए चुनाव हुदैन'

जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पाँच/सात दिनभित्र मधेशको समस्या समाधान नभए चैत २८ को संविधानसभा चुनाव हुननसक्ने बताएका छन् । माघ २६ गते राजधानीमा जनशक्ति पार्टी नुवाकोट-काठमाडौं सम्पर्क समितिले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सात दिनभित्र माओवादी भात्रृ संगठन वाईसीएलका गतिविधि नियन्त्रण नभएपनि चैत २८ गते चुनाव हुननसक्ने उल्लेख गरे । वाईसीएलको 'एक बुथ, २०० युथ' को नारा चुनावमा बुथ कब्जा गर्ने उदेश्यले आएको पनि थापाले दावी गरे । 'चुनाव भए न वाईसीएलले बुथ कब्जा गर्ने हो, उनीहरुको गतिविधि नसच्चिने हो भने चुनाव नै हुनेछैन' थापाले भने ।
केही नेताले भने जस्तै मधेश र अन्य ठाउँमा चरणबद्धरुपमा चुनाव हुने हो भने नेपाल बिखण्डनको बिउ रोपिने पनि कार्यक्रममा थापाले दावी गरे ।

No comments: