Tuesday, February 5, 2008

06-Feb-2008

चन्द्रनिगाहपुरमा बर्डफ्लु भित्रिएको आशंका


चन्द्रनिगाहपुर, २२ माघ
केही दिनयता रौतहटको चन्द्रनिगाहपुर- मा कुखुराका चल्ला चरा मर्न थालेपछि बर्डफ्लु देखिएको आशंकामा स्थानीय बासिन्दा त्रसित भएका छन् भारतको पश्चिम बंगालमा देखिएको पक्षीमा लाग्ने बर्डफ्लु गाउमा पनि फैलिएको आशंकामा त्रसित गाउलेले परीक्षणको अनुरोध गरेका छन् गौडाटारका किसान उमेश तिमल्सिनाको घरका कुखुराका चल्ला मरेपछि सो रोगको आशंका गरिएको हो

तिमल्सिनाले डेढ महिना पहिला ल्याएका ब्रोइलर कुखुराका एक सय पचास चल्ला गत पा दिनभित्र मरेका थिए उनको ब्रोइलर कुखुरा मर्न थालेलगत्तै लोकल कुखुरासमेत एक डेड घन्टा झोक्राएर मर्न थालेको स्थानीय बासिन्दा बुद्धि हुमागार्इंले बताए तीन दिनयता दैनिक दसका दरले लोकल कुखुरा मरेको हुमागाईंको दाबी त्यसपछि उडेका चरासमेत मर्न थालेकोले गाउलेले बर्डफ्लुको आशंका गर्दै पक्षीजन्य मासुसमेत खान छोडेका छन्

पा दिनयता गाछीटोलको बासको झाङमा बास बसेका चरा बिहान हर्ेदा मरेको अवस्थामा भेटिएको पनि स्थानीय बासिन्दाले जनाएका छन् बासको झाङमा समेत चरा मरेकाले गाउले चिन्तित भएको उल्लेख गर्दै गाछी टोलका श्याम न्यौपानेले मरेका कुखुरा चरा गाउभन्दा केही पर जंगलमा लगेर फालिएको जानकारी दिए

कुखुरा चरा मरेको सम्बन्धमा अनुसन्धान गर्न स्थानीय सञ्जय कार्कीले सम्बन्धित निकायस अनुरोध गरेका छन् जिल्ला पशु कार्यालय रौतहटले भने पक्षी मरेको जानकारी कतैबाट नआएको जनाएको

सीमावर्ती क्ष्ँेत्रमा पर्ने रौतहटका विभिन्न गाउमा बर्डफ्लु नियन्त्रणको प्रयास नगरिएकाले रोग देखा परेको हुनसक्ने कार्कीले आशंका गरे स्थानीय बासिन्दाका अनुसार भारतस सीमा जोडिएका नाकाबाट कुखुराका अन्डा कुखुरा नेपाल भित्रने क्रम रोकिएको छैन

Shailendra"SUMAN

No comments: