Tuesday, February 12, 2008

आजबाट मधेस बन्द

बुधबार, फुगन १ गते २०६४
सरकारले वार्ताटोली पुनर्गठन गरेर वार्तामा आउन आह्वान गरेकै भोलिपल्ट बुधबारदेखि तीन राजनीतिक दलले तर्राईमा अनिश्चितकालीन आमहडताल गर्दै छन् । सरकारले दोहोर्याएको वार्ता-प्रस्तावलाई ती दलका नेताले अस्वीकार गरेका छन् । महन्थ ठाकुरको नेतृत्वमा रहेको तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीीराजेन्द्र महतोको नेतृत्वमा रहेको सद्भावना पार्टर्ीी उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरमले संयुक्त मधेसी मोर्चा गठन गरेर आन्दोलन आह्वान गरेका छन् ।

मोर्चाले १ फागुन (बुधबार) देखि तर्राईमा आमहडताल आह्वान गरेको हो । मोर्चाले मधेसलाई लोकतान्त्रिक स्वायत्त प्रदेश घोषणा गरिनुपनेेेआत्मनिर्ण्र्ााो अधिकार हुनुपर्ने, मधेस आन्दोलनमा मारिएका ४५ जनालाई सहिद घोषणा गरिनुपर्ने लगायतका माग राखेर आन्दोलन सुरु गरेको हो । आमहडतालका क्रममा तर्राईमा यातायात, बजार, कलकारखाना र शैक्षिक संस्था पनि बन्द गर्न मोर्चाले आह्वान गरेको छ । मोर्चाले आफ्ना माग पूरा नभएसम्म हडताल नरोक्ने अडान लिएको छ । हडतालमा उत्रिएको मोर्चासहित सबै आन्दोलनरत समूहलाई वार्तामा आउन सरकारले मंगलबार थप आह्वान गरेको छ । सरकारले मंगलबार पुनर्गठन गरेको वार्ताटोलीको संयोजकमा शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेल नै रहेका छन् । एमाले नेता झलनाथ खनाल, माओवादी नेता तथा मन्त्री देव गुरुङ, जनमोर्चाका नेता घनश्याम पौडेल, नेमकिपाका नेता सुनील प्रजापती, सद्भावनाकी नेतृ सरिता गिरी र वाममोर्चाका कुमार बेलवासे वार्ताटोलीमा छन् ।

कांग्रेसले भने पार्टर्ीी तर्फाट प्रतिनिधि पठाएको छैन । पार्टर्ीी्रवक्ता अर्जुननरसिंह केसीले प्रतिनिधि पठाउनेबारे पार्टर्ीीत्र कुनै छलफल नभएको जानकारी दिए । मन्त्री पौडेलले भने हाललाई आफू नै पार्टर्ीी तर्फाट समेत टोलीमा रहेको जनाउदै कांग्रेसबाट एकजना मधेसी नेतालाई प्रतिनिधित्व गराउने पहल भइरहेको जानकारी गराए ।

पुनर्गठित टोलीको मंगलबार बसेको पहिलो बैठकले आन्दोलनरत पक्षलाई तत्काल वार्ताको टेबुलमा आउन आह्वान गरेको हो । 'हामीले आन्दोलनरत पक्षको मागका आधारमा र्सार्थक वार्ता थालनी गर्ने निर्ण्र्ाागरेका छौं,' टोलीका संयोजक शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेलले बैठकपछि नया“ पत्रिकास“ग भने, 'अब उहाहरू (आन्दोलनकारी) ले चाहनुभयो भने र्सार्थक वार्ता हुन्छ ।'

वार्ताटोलीले मोर्चालाई हडताल रोक्न भने आह्वान गरेको छैन । 'हडताल फिर्ता लेऊ भन्दा र्सत राख्यो भन्ने पर्ला, त्यसैले हामीले खुला रूपमै आह्वान गरेका हौं,' उनले भने । सरकारी वातँटोलीले वार्ताको प्रस्ताव गरेलगत्तै नया पत्रिकाले आन्दोलनकारी नेता राजेन्द्र महतोलाई सर्म्पर्क गरेको थियो । 'उनीहरू (मन्त्रीहरू) के-के गर्छन्, हामीलाई थाहा छैन, चासो पनि छैन,' महतोले भने, 'त्यस्ता प्रस्तावले अब हाम्रो आन्दोलन रोकि“दैन ।'

मोर्चाका अर्का नेता हृदयेश त्रिपाठीले सातदलले फेरि पनि आन्दोलन तुहाउने षड्यन्त्र गरेको भन्दै वार्ताको प्रस्ताव अस्वीकार गर्ने बताए । 'सातदलमा हामी पनि बसेका हौं, सगै काम पनि गरेकाले उनीहरू कति इमानदार छन् भन्ने थाहा छ,' उनले भने, 'आन्दोलनकारीलाई अलमल्याउन अर्को पासा फालिएको हो । हामी रोकिनेवाला छैनौं ।' सामान्य भनिएको अवस्थामा पनि राजधानीमा पेट्रोलियमको हाहाकार छ । तर्राईको आमहडतालले यो संकट झनै बढ्ने देखिएको छ । तर, आपूर्ति सहज बनाउन सरकारले खासै योजना बनाएको छैन । 'सुरक्षा चाहिन्छ भनेर मैले गृह-प्रशासनलाई भनेको छु । हेरौं, कस्तो हुन्छ । आवश्यकताअनुसार कदम चाल्नुपर्छ,' उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री श्यामसुन्दर गुप्ताले बुधबार राति नया“ पत्रिकासित भने ।

मन्त्री गुप्ताले पेट्रोल बोकेका ट्यांकरमाथि ढुंगामुढा भएकाले पेट्रोल आपूर्तिमा अप्ठेरो परेको पनि बताए । 'प्रहरी-प्रशासनले सुरक्षा दिनुपर्छ भनेर मैले पनि माग गरेको छु, गृहसचिव, सशस्त्रका आइजिपी, नेपाल प्रहरीका एआइजी सबैलाई एकैठाउ“ भेटेर सिकायत गरेको छु,' उनले भने । मन्त्री गुप्ताले सुरक्षा बलियो बनाउने प्रतिबद्धता अधिकारीले व्यक्त गरेको बताए । तर, गृहप्रवक्ता गोपेन्द्रबहादुर पाण्डेले हडतालकै कारण छुट्टै व्यवस्था नगरिएको स्पष्ट पारे । 'हडताल हुदै छ भनेर छुट्टै योजना बनाइएको छैन,' उनले भने, 'हाम्रा सबै निकायलाई चुस्त भएर काम गर्न भनेका छौं ।'

उता आन्दोलनकारी मोर्चाले भने हडताल सफल पार्न विभिन्न तयारी गरेको छ । तर्राईका सबैजसो सहरमा मंगलबार बेलुका मसाल जुलुस निकाल्ने योजना मोर्चाले बनाएको छ । तर, केही सहरमा मात्र जुलुस निस्किएको नया“ पत्रिका सहकर्मीहरूले जनाएका छन् । विराटनगरमा पनि मंगलबार बेलुका मसाल जुलुस निकाल्ने तयारी भएको थियो । तर, जुलुस निस्केको स्थानीय बासिन्दाले देखेनन् । भैरहवामा भने मसाल जुलुस निस्किएको थियो । दिनभरि माइकिङ गरेर निकालिएको जुलुसमा करिब २५ जना सहभागी थिए । प्रहरी 'स्कर्टिङ' मा निस्किएको जुलुस शान्तिपूण रूपमा समापन भएको थियो ।

नेपालगन्जमा पनि बन्दका बारेमा प्रचार भएको छ । तर, मंगलबार बेलुका निकाल्ने भनिएको जुलुस निस्किएन । 'हामी शान्तिपूण आन्दोलन गछौं । आन्दोलनले शान्तिपूण अवस्थालाई बिगार्दैन,' मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्ष र्सवदेव ओझाले भने ।

No comments: