Wednesday, February 13, 2008

संयुक्त मधेसी मोर्चाले गरेको अनिश्चितकालीन बन्दले मधेसको जनजीवन प्रभावित भएको छ ।

2064-2 फागुन

संयुक्त मधेसी मोर्चाले गरेको अनिश्चितकालीन बन्दले मधेसको जनजीवन प्रभावित भएको मधेसी जनअधिकार फोरम, सद्भावना महतो समूह तराइ-मधेस लोकतान्त्रिक पार्टीले बुधबारदेखि मधेस बन्द आह्वान गरेका थिए



बन्दले बुधबार वीरगन्ज उपमहानगरपालिका ठप्प रह्यो वीरगन्जका बजार, कलकारखाना, उद्योग, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था तथा यातायात पूर्णरूपमा बन्द रहे वीरगन्जबाट चल्ने लामो तथा छोटो दूरीका सम्पूर्ण सवारी-साधन ठप्प रहेका छन् भने विवाह, अस्पतालका सवारी-साधन भने फाट्टफुट्ट चलेका थिए

यसैगरी मधेस बन्दका कारण बर्दियाको जनजीवन पनि प्रभावित बनेको बन्दकर्ताले यातायात, शिक्षण-संस्था, कलकारखाना तथा बजार बन्द गराएका छन् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा संगठित दलले अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् बिहानैदेखि सदरमुकाम गुलरिया बन्द रह्यो प्रशासनले बर्दियाको सुरक्षा कडा पारेको यहाँका सरकारी कार्यालय भने खुलेका थिए

यस्तै बन्दको पहिलो दिन बुधबार पूवाञ्चलको जनजीवन पूर्णरूपमा प्रभावित भएको हडतालका कारण पूर्वाञ्चलमा सवारी-साधन चल्न सकेनन् पूर्वाञ्चलका बजार, औद्योगिक क्षेत्र, शैक्षिक संस्था पनि ठप्प भएका छन् सुनसरीको इटहरी, धरान सदरमुकाम इनरुवा पूर्ण प्रभावित रहे बन्दका कारण पूर्वी पहाडी जिल्लामा पनि प्रभाव परेको पूर्वी पहाडबाट तराइ पहाडसम्म पुग्ने यात्रुहरू सवारी-साधनकोे अभावका कारण हिँडेरै गन्तव्यतिर लागेका छन्

संयुक्त मधेसी मोर्चाले आयोजना गरेको बन्दले रुपन्देही सामान्य प्रभावित भएको बन्दका कारण मर्चवार, लुम्बिनी, धकधईलगायतका क्षेत्र प्रभावित भए बन्दले भैरहवाको गल्लामन्डी, बैंकरोड क्षेत्रका पसल बन्द थिए भने बर्मेली टोल अञ्चलपुर क्षेत्रमा पसल खुलेका थिए

मोर्चाका कार्यकर्ताले रुपन्देहीका दुइवटा उद्योगमा तोडफोड गरेका छन् उनीहरूले लुम्बिनी-भैरहवा सडकखण्डमा रहेको जगदम्बा सेन्थेटिक्स रिलायन्स मिलमा तोडफोड गरेका हुन् प्रहरीका अनुसार बन्द आह्वानकर्ताले जगदम्बाका आठ रिलायन्स सिमेन्ट मिलका चारवटा \mयालका सिसा तोडफोड गरेका छन् बन्दले खासगरी कपिलवस्तुको तौलिहवा, कृष्णनगर तथा नवलपरासीको परासी दक्षिणी क्षेत्र बढी प्रभावित भएका छन्

बन्दको प्रभाव र्सलाहीमा पनि परेको बन्दका कारण सदरमुकाम मलंगवाका बजार बन्द रहनुका साथै छोटो तथा लामो दूरीमा चल्ने सवारी-साधन चल्न सकेका छैनन् पूर्वँ-पश्चिम महेन्द्र राजमार्गको नवलपुरमा सयौं यात्रु अलपत्र परेका छन् नवलपुरदेखि सदरमुकाम मलंगवासम्म बन्दकर्ताले ठाउँ- ठाउँमा टायर बालेर बाटो अवरोध गरेका छन्

No comments: