Thursday, February 14, 2008

बन्दको दोस्रो दिन तराइ अस्तव्यस्त



फेब्रुअरी, १४ काठमाडौं

मधेशमा आन्दोलनरत समूहहरु मध्ये संयुक्त लोकतान्त्रिक मधेश मोर्चाद्वारा आहृवान गरिएको अनिश्चितकालीन तराइ बन्दका कारण तराइको जनजीवन नराम्ररी प्रभावित भयो भने बन्दको दोस्रो दिन तराइमा यातायातका साधनहरु चलेनन् शिक्षण संस्था तथा कलकारखानाहरु पनि बन्द रहे

आफ्ना विभिन्न मागहरु सहित आन्दोलनरमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेश मोर्चाका कार्यकर्ताले आज नवलपरासीमा एउटा ट्रकमा आगजनी गरेको खबर प्राप्त भएको आमहड्तालको उल्लंघन गरेको भन्दै मोर्चाका कार्यकर्ताले नवलपरासीको बासामा बा १६५८ नम्वरको ट्रकमा आगजनी गरेका हुन् उनीहरुले अन्य तीन वटा सवारी साधनमा समेत तोडफोड गरेको प्रहरीले जनाएको

त्यसैगरी बन्द कर्ताहरुले वीरगञ्जका १० वटा भन्दा बढी रेष्टूरेण्टहरुमा तोडफोड तथा आगजनी गरेका छन् करिब सय जना जतिको संख्यामा आएका मोर्चाका कार्यकर्ताले वीरगञ्जको पावरहाउस चौकदेखि लक्ष्मणवा चौकको बीचमा रहेका रेष्टूरेण्टहरुमा तोडफोड गर्नुका साथै आगजनी गरिदिएको प्रहरीले जनाएको

No comments: