Tuesday, February 5, 2008

तराईका सबै समूहसँग तत्काल वार्ता थाल्न आग्रह

तराईका सबै समूहसँग तत्काल वार्ता थाल्न आग्रह

उपसभामुख चित्रलेखा यादवले तराईका सबै समूहलाई सकभर छिटो वार्तामा ल्याउन सरकार सात दलसँग आग्रह गर्नुभएको छ।

तराईका पार्टी समूहले अघि सारेका हकअधिकार राजनीतिक न्यायको माग जायज रहेको बताउँदै उपसभामुख यादवले उनीहरुको माग पुरा गर्न ढिलाई गर्न नहुने बताउनुभयो।

संविधानसभा निर्वाचनको प्रचार अभियानका क्रममा संखुवासभा पुग्नु भएकी उपसभामुख यादवले बुधबार स्थानीय संचारकर्मीहरुसँग कुरा गर्दै चुनावमा सेना परिचालन गर्न नहुने बताउनुभयो उहाँले भन्नुभयो, निर्वाचनमा दुई करोड ५० लाख जनता परिचालन गर्नुपर्छ सेना होइन

विगतमा द्वन्द्वका समयमा प्रहरी सेना परिचालन भए पनि अन्ततः वार्ता नै गर्नु परेको उल्लेख गर्दै उहा➣ले जनपरिचालन नै उत्तम उपाय हुने बताउनुभयो

Shailendra “SUMAN”

No comments: