Thursday, February 7, 2008

मधेसमा बढ्दो अराजकताको अर्थ

राष्ट्रसंघीय मानवाधिकार आयोगकी उप-उच्चायुक्तले तर्राईको ब्रि्रदो सुरक्षा स्थितिमाथि टिप्पणी गर्दै बेलैमा सुरक्षा अवस्था मजबुत नबनाउने हो भने जातीय हिंसाको डढेलो सल्कने चेतावनी दिएको दुइ दिन नबित्दै तर्राईमा केही गम्भीर घटना भएका छन् राजविराजमा कांग्रेस नेता शेरबहादुर देउवा विमलेेन्द्र निधिले भाषण गरिरहेकै ठाउनजिक लगातार पन्ध्रवटा विस्फोट भए त्यसको अघिल्लो दिन सुनसरीमा देउवाको सभा बिथोल्न खोजियो अनि सोमबार नेपालगन्जमा प्रहरी पर््रदर्शनकारी झडप भयो त्यही दिन सा रूपन्देहीमा मोर्चाका कार्यकर्ताले प्रहरीचौकीमा आगो लगाइदिए संविधानसभाले निक्र्योल गर्नुपर्ने मुद्दालाई आजै ठेगान लगाउन ध्वा दिदै वितण्डा मच्चाइरहेका मधेसी आन्दोलनकारी तर्राईलाई अलग देश बनाउन हाकाहाकी बन्दुक बोकेका सशस्त्र जत्थाबीचको सहकार्यले समग्र मधेसलाई क्रमशः अराजक बनाउन थालेको देखिदैछ राज्यहीनताको स्थितिजस्तो केही विशेष अवस्था निम्त्याएर संविधानसभा निर्वाचन हुन नदिने विभिन्न शक्तिकेन्द्रको स्वार्थअनुरूप चाहेर-नचाहेर, बुझेर-नबुझेर मधेस आन्दोलनलाई प्रयोग गर्नेहरु सफल बन्दै गएको संकेत यी घटनाले गरेका छन्

यता, राज्ययन्त्र सधैको भन्दा गलेको अवस्थामा राज्यसंयन्त्र हाक्ने जिम्मा लिएको नेपाली कांग्रेस आफैमा विभाजित, अन्योलग्रस्त कमजोर नेतृत्वमा रहेका गिरिजाप्रसाद आफू पनि केही गर्न नसक्ने अरूले गर्न खोज्दा पनि सुजातारूपी काडो तर्ेसाउने गरेर समग्र कांग्रेस पार्टर्ीी मुलुकलाई दिशाहीन बनाइरहेका छन् राज्यसञ्चालनका केही निश्चित मूल्य सीमा हुन्छन्, हुनुपर्छ त्यो सीमाभित्र रहेर आन्दोलन संर्घष्ा गर्न पाउनुपर्छ, गरिनुपर्छ तर, राजनीतिक समस्या समाधानका पनि निश्चित प्रक्रिया हुन्छन् तर्राईको आन्दोलनले समग्र लोकतान्त्रिक अँन्दोलनको प्रक्रियाबाट अलगिएर अन्य क्षेत्र वा काठमाडौंस माग्ने ठाउमा झरेको अब त्यो समग्र राज्यपर्ुनर्संरचना प्रक्रियाले सम्बोधन गर्ने राज्यको एउटा कार्यसूचीमा समावेश भइसकेको मुद्दामा फेरिएको संविधानसभाले मात्रै यी यावत् पक्षलाई समेटेर सम्बोधन गर्नसक्छ तर, राज्य भने आम जनताले सुन्ने बुझ्नेगरी आफ्ना अडान र्सार्वजनिक गर्न, तिनलाई विश्वासमा लिन सकिरहेको छैन पार्टर्ीी जोखिम उठाउन तयार देखिएका छैनन् अब बेला र्घर्किन मात्र बाकी अन्यथा, शान्तिपर्ूण्ा आन्दोलनको झण्डा बोकेर प्रहरीचौकी मात्र होइन, सरकारी अड्डामा पनि आक्रमण हुनसक्छन् राष्ट्र-राज्यको पर्ुनर्परिभाषा गर्ने सकारात्मक सिलसिला रोकिएर अधिनायकवादतिर र्फकने उल्टो चक्रको आधार बन्न नपाउदै यसको उपचार खोज्न जरुरी

Shailendra"Suman"

No comments: