Friday, February 8, 2008

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा फागुन १ देखि आमहडताल गर्ने घोषणा ६ सुत्रीय माग पूरा नभएसम्म आन्दोलन नरोकिने,

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संगठनले मोर्चा बनाएर फागुन देखि आमहडताल गर्ने घोषणा गरेका छन् राजधानीमा माघ २६ गते पत्रकार सम्मेलन गर्दै महन्थ ठाकुरको तराई/मधेश लोकतान्त्रिक पार्टी, उपेन्द्र यादवको मधेशी जनअधिकार फोरम राजेन्द्र महतोको सदभावना पार्टीले फागुन देखि मधेशमा सरकारलाई कर नतिरिने पनि चेतावनि दिए

पत्रकार सम्मेलनमा मधेशी मोर्चाका नेताहरुले सुत्रीय माग पूरा नभएसम्म आन्दोलन नरोकिने चैत २८ को संविधानसभा चुनावमा एक जना मधेशीलाई पनि मत हाल्न नदिने चेतावनि दिए उनीहरुले त्यहाँ प्रस्तुत गरेको सुत्रीय मागमा स्वायत्त मधेश एक प्रदेश हुनपर्ने, मधेशीहरुले ५० प्रतिशत जित्नेगरी सिट बिभाजन गर्नुपर्ने, सेनामा मधेशीहरुलाई राख्नुपर्ने, सशस्त्र समूहहरुलाई पनि सरकारले सम्बोधन गर्नुपर्ने तथा गत वर्षको मधेश आन्दोलनमा मारिएकाहरु शहीद घोषणा गरी राहत दिनुपर्ने लगायत छन्

मोर्चाका नेता महन्थ ठाकुरले सरकारसँग निर्रथक वार्ता नगर्ने चेतावनि दिए चुनावमा भाग लिए मधेशका माग पूरा गर्ने प्रधानमन्त्रीको वचनलाई उनले झूठो भएको दावी गरे मोर्चाका अर्का नेता उपेन्द्र यादवले चैत २८ को संविधानसभा चुनाव मधेशीलाई नचाहिएको बताए उनीहरुले यसपटकको आन्दोलन मधेशीहरुको अन्तिम आन्दोलन भएको दावी पनि गरे

No comments: