Monday, November 9, 2009

एक घण्टा मै तराई

कात्तिक २४- राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो काठमाडौं-निजगढ द्रुतमार्गको सोमबार शिलान्यास भएको छ।
मकवानपुर बुदुनेमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र सुजाता कोइरालाले सावेल चलाएर सडक खन्ने कार्य सुरु गरे। प्रधानसेनापति छत्रमानसिंह गुरुङ र अन्य मन्त्रीले कोदालो चलाए।

ललितपुर खोकनादेखि बारा निजगढसम्मको ७६ दशमलव २ किलोमिटरको यो सडक बनेपछि राजधानीबाट तराई एक घन्टा टाढा हुनेछ। 'हेटौंडा पुग्न दुई घन्टा लाग्थ्यो,' खुसी देखिएका हर्नामढी- ४ का रेशम न्यौपानेले भने, 'अब त एकै घन्टामा राजधानी रे!'

No comments: