Wednesday, July 15, 2009

सर्पको टोकाईबाट एक सातामा ४ को मृत्यु

Wednesday, July 1, 2009


लहान, असार १७ - गर्मीसँगै एक सातादेखि परेको झरीका कारण एक साताभित्र सप्तरीमा मात्र ४ जनाले सर्पको टोकाइबाट ज्यान गुमाएका छन्।
पछिल्लो पटक बुधबार सप्तरीको तिलाठी ५ का २२ वर्षीया मीना यादव र बेल्ही चपेना ८ का १८ वर्षीय घनयाम साहको मृत्यु भएको छ ।
घरमै विषालु सर्पले टोकेपछि उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
सर्पले टोकेपछि उपचारमा ल्याउन ढिलाइ भएपछि विष फैलिएर उनीहरुको मृत्यु भएको अस्पतालले जनाएको छ । तीन दिनअघि पनि सर्पले टोकेर उपचारका लागि अस्पताल आएका २ जनाको मृत्यु भएको थियो ।
अस्पतालका अनुसार एक साताभित्र सर्पले टोकेका २० जनाभन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् ।उपचारका लागि आएकामध्ये समयमै आएकाहरु निको भएर फर्किसके पनि ४ जनाको ज्यान गएको जनाइएको छ ।
गर्मी बढेसँगै परेको पानीपछि सप्तरीमा सर्पको बिगबिगी बढेकाले दैनिक ३ देखि ५ को संख्यामा यस्ता बिरामी आउने गरेको अञ्चल अस्पतालले जनाएको छ ।

--
नागरिक

No comments: