नेपाल पत्रकार महासंघमा अब नयाँ नेतृत्व, धर्मेन्द्र झा अध्यक्षमा निर्वाचित मई, 5 काठमाडौं नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २२औं महाधिवेशनमा धर्मेन्द्र झा अध्यक्ष पदमा विजयी वनेका छन् । नवनिर्वाचित अध्यक्ष झाले ३ सय ६४ मत प्राप्त गरी विजयी बन्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी शिव गाउँलेले ३ सय १६ मत प्राप्त गर्नुभएको थियो भने निवर्तमान महासचिव महेन्द्र विष्टले २ सय ७९ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी महासंघको उपाध्यक्षमा गोविन्द आचार्य, महासचिवमा पोषण केसी, सचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रमेश विष्ट विजयी हुनु भएको छ। त्यसैगरी केन्द्रीय सदस्यहरुमा उपत्यकाबाट उजीर मगर र जगत नेपाल विजयी हुनु भएको छ भने पूर्वाञ्चलबाट शम्भु थापा र किशोर कार्की, मध्यमाञ्चलबाट शितल साह, प्रताप विष्ट, पश्चिमाञ्चल रविन्द्र बास्तोला, पुण्य पौडेल, मध्यपश्चिमाञ्चलबाट प्रेम केसी, जनक नेपाल, सुदूर पश्चिमबाट छत्र साउद र मनमोहन स्वांर विजयी हुनु भएको छ। त्यसैगरी मधेशी तर्फबाट राजकुमार दिक्पाल, महिलाबाट यशोदा तिमल्सिना, मधेशीबाट महेश दास र दलित कोटाबाट दिवाकर वागचन्द विजयी हुनु भएको छ। त्यसैगरी एसोसिएट्सतर्फ भरत शाक्य, अजय फुयाल र शरदराज गौतम निर्वाचित हुनुभएको छ । |
विदेशी पाठयक्रम पढाउने निजी विद्यालयलाई सरकारले कारबाही गर्ने काठमाडौं मई, ५ पाठयक्रम विकास केन्द्रको अनुमति नलिई मनोमानी तरिकाले विदेशी पब्लिकेसनका पाठयक्रम पढाउने निजी विद्यालयलाई सरकारले कारबाही गर्ने भएको छ । पाठयक्रम विकास केन्द्रका कार्यकारी निर्देशक हरिबोल खनालले पाठयक्रम विकास केन्द्रले अनुगमन गर्दा अधिकाँश निजी विद्यालयले तोकेको पाठयक्रम नपढाई भारतका विभिन्न पब्लिकेसनका पाठयपुस्तकहरू पढाउँदै आएको पाइएकाले त्यस्ता निजी विद्यालयलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभयो । केन्द्रको अनुगमनमा अधिकांश निजी विद्यालयहरूले कक्षा १ देखि कक्षा १० सम्म विदेशी पाठयपुस्तक पढाइ गरेको पाइएको बताइएको छ । त्यस्ता पाठयपुस्तक पढाइ भएका विद्यालयको शिक्षालाई मान्यता नदिइने र त्यस्त् विद्यालयलाई खारेजसमेत गर्न सकिने गरी कारबाहीको प्रक्रिया अगाडि बढाइने केन्द्रले जनाएको छ । भारतीय पब्लिकेसनका पाठयपुस्तक पढाइ हुँदा भारतको धर्म, नाम, उदाहरण तथा प्रचार हुने गरेको तर नेपालको नाम, पहिचान, धर्म, उदाहरण र इतिहास विद्यार्थीहरूले थाहा नपाउने भएकाले विद्यार्थीमा नकारात्मक असर पर्ने केन्द्रले ठहर गरेको छ । सरकारले यसको कडाइका साथ अनुगमन गर्नुपर्ने र निजी विद्यालयमा केन्द्रको पाठयक्रमअनुसार पढाइ भए-नभएको जिल्ला शिक्षा शिक्षा कार्यालयलाई अनुगमन गर्न निर्देशनसमेत दिइसकेको बताइएको छ । |
No comments:
Post a Comment