राष्ट्रसंघीय मानवाधिकार आयोगकी उप-उच्चायुक्तले तर्राईको ब्रि्र“दो सुरक्षा स्थितिमाथि टिप्पणी गर्दै बेलैमा सुरक्षा अवस्था मजबुत नबनाउने हो भने जातीय हिंसाको डढेलो सल्कने चेतावनी दिएको दुइ दिन नबित्दै तर्राईमा केही गम्भीर घटना भएका छन् । राजविराजमा कांग्रेस नेता शेरबहादुर देउवा र विमलेेन्द्र निधिले भाषण गरिरहेकै ठाउ“नजिक लगातार पन्ध्रवटा विस्फोट भए । त्यसको अघिल्लो दिन सुनसरीमा देउवाको सभा बिथोल्न खोजियो । अनि सोमबार नेपालगन्जमा प्रहरी र पर््रदर्शनकारी झडप भयो । त्यही दिन सा“झ रूपन्देहीमा मोर्चाका कार्यकर्ताले प्रहरीचौकीमा आगो लगाइदिए । संविधानसभाले निक्र्योल गर्नुपर्ने मुद्दालाई आजै ठेगान लगाउन ध्वा“स दि“दै वितण्डा मच्चाइरहेका मधेसी आन्दोलनकारी र तर्राईलाई अलग देश बनाउन हाकाहाकी बन्दुक बोकेका सशस्त्र जत्थाबीचको सहकार्यले समग्र मधेसलाई क्रमशः अराजक बनाउन थालेको देखि“दैछ । राज्यहीनताको स्थितिजस्तो केही विशेष अवस्था निम्त्याएर संविधानसभा निर्वाचन हुन नदिने विभिन्न शक्तिकेन्द्रको स्वार्थअनुरूप चाहेर-नचाहेर, बुझेर-नबुझेर मधेस आन्दोलनलाई प्रयोग गर्नेहरु सफल बन्दै गएको संकेत यी घटनाले गरेका छन् ।
यता, राज्ययन्त्र सधैको भन्दा गलेको अवस्थामा छ । राज्यसंयन्त्र हा“क्ने जिम्मा लिएको नेपाली कांग्रेस आफ“ैमा विभाजित, अन्योलग्रस्त र कमजोर छ । नेतृत्वमा रहेका गिरिजाप्रसाद आफू पनि केही गर्न नसक्ने र अरूले गर्न खोज्दा पनि सुजातारूपी का“डो तर्ेसाउने गरेर समग्र कांग्रेस पार्टर्ीी मुलुकलाई दिशाहीन बनाइरहेका छन् । राज्यसञ्चालनका केही निश्चित मूल्य र सीमा हुन्छन्, हुनुपर्छ । त्यो सीमाभित्र रहेर आन्दोलन र संर्घष्ा गर्न पाउनुपर्छ, गरिनुपर्छ । तर, राजनीतिक समस्या समाधानका पनि निश्चित प्रक्रिया हुन्छन् । तर्राईको आन्दोलनले समग्र लोकतान्त्रिक अँन्दोलनको प्रक्रियाबाट अलगिएर अन्य क्षेत्र वा काठमाडौंस“ग माग्ने ठाउ“मा झरेको छ । अब त्यो समग्र राज्यपर्ुनर्संरचना प्रक्रियाले सम्बोधन गर्ने राज्यको एउटा कार्यसूचीमा समावेश भइसकेको मुद्दामा फेरिएको छ । संविधानसभाले मात्रै यी यावत् पक्षलाई समेटेर सम्बोधन गर्नसक्छ । तर, राज्य भने आम जनताले सुन्ने र बुझ्नेगरी आफ्ना अडान र्सार्वजनिक गर्न, तिनलाई विश्वासमा लिन सकिरहेको छैन । पार्टर्ीी जोखिम उठाउन तयार देखिएका छैनन् । अब बेला र्घर्किन मात्र बा“की छ । अन्यथा, शान्तिपर्ूण्ा आन्दोलनको झण्डा बोकेर प्रहरीचौकी मात्र होइन, सरकारी अड्डामा पनि आक्रमण हुनसक्छन् । राष्ट्र-राज्यको पर्ुनर्परिभाषा गर्ने सकारात्मक सिलसिला रोकिएर अधिनायकवादतिर र्फकने उल्टो चक्रको आधार बन्न नपाउ“दै यसको उपचार खोज्न जरुरी छ ।
Thursday, February 7, 2008
मधेसमा बढ्दो अराजकताको अर्थ
Wednesday, February 6, 2008
संबिधान शभा को चुनाओ न भये देश तानाशाह को हात मा जान शक्ने
मधेस्का दाजु भाई लाई म के आगरह गर्ना चाहन्छु की देश मा अै पर्ने शम्भवित खत्रा
लाई ध्यान मा राखी हामी सबै मिली प्रजातान्तरिक तवर बाट चुनाव मा जाउ आनी कुरो हाम्रो
अधिकार को आउछ त्यो त हामी लिने तर को बाट लिने कुरो को छिनो फ्यानओ त हुना दीनोश
हाम्रो यो लडाईं चुनाव पछी पानी हुना सक्छ | ध्यान दिनु पार्ने कुरो के हो भने हाम्रो अधिकार को
फाईदा आरु लाई उथाउन दिनु हुँदैन |
शैलेन्द्र " सुमन "
Tuesday, February 5, 2008
तराईका सबै समूहसँग तत्काल वार्ता थाल्न आग्रह
तराईका सबै समूहसँग तत्काल वार्ता थाल्न आग्रह
उपसभामुख चित्रलेखा यादवले तराईका सबै समूहलाई सकभर छिटो वार्तामा ल्याउन सरकार र सात दलसँग आग्रह गर्नुभएको छ।
तराईका पार्टी र समूहले अघि सारेका हकअधिकार र राजनीतिक न्यायको माग जायज रहेको बताउँदै उपसभामुख यादवले उनीहरुको माग पुरा गर्न ढिलाई गर्न नहुने बताउनुभयो।
संविधानसभा निर्वाचनको प्रचार अभियानका क्रममा संखुवासभा पुग्नु भएकी उपसभामुख यादवले बुधबार स्थानीय संचारकर्मीहरुसँग कुरा गर्दै चुनावमा सेना परिचालन गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, निर्वाचनमा दुई करोड ५० लाख जनता परिचालन गर्नुपर्छ सेना होइन ।
विगतमा द्वन्द्वका समयमा प्रहरी र सेना परिचालन भए पनि अन्ततः वार्ता नै गर्नु परेको उल्लेख गर्दै उहा➣ले जनपरिचालन नै उत्तम उपाय हुने बताउनुभयो ।
Shailendra “SUMAN”
06-Feb-2008
चन्द्रनिगाहपुरमा बर्डफ्लु भित्रिएको आशंका
चन्द्रनिगाहपुर, २२ माघ
केही दिनयता रौतहटको चन्द्रनिगाहपुर-३ र ४ मा कुखुराका चल्ला र चरा मर्न थालेपछि बर्डफ्लु देखिएको आशंकामा स्थानीय बासिन्दा त्रसित भएका छन् । भारतको पश्चिम बंगालमा देखिएको पक्षीमा लाग्ने बर्डफ्लु गाउ“मा पनि फैलिएको आशंकामा त्रसित गाउ“लेले परीक्षणको अनुरोध गरेका छन् । गौडाटारका किसान उमेश तिमल्सिनाको घरका कुखुराका चल्ला मरेपछि सो रोगको आशंका गरिएको हो ।
तिमल्सिनाले डेढ महिना पहिला ल्याएका ब्रोइलर कुखुराका एक सय पचास चल्ला गत पा“च दिनभित्र मरेका थिए । उनको ब्रोइलर कुखुरा मर्न थालेलगत्तै लोकल कुखुरासमेत एक डेड घन्टा झोक्राएर मर्न थालेको स्थानीय बासिन्दा बुद्धि हुमागार्इंले बताए । तीन दिनयता दैनिक दसका दरले लोकल कुखुरा मरेको हुमागाईंको दाबी छ । त्यसपछि उडेका चरासमेत मर्न थालेकोले गाउ“लेले बर्डफ्लुको आशंका गर्दै पक्षीजन्य मासुसमेत खान छोडेका छन् ।
पा“च दिनयता गाछीटोलको बा“सको झाङमा बास बसेका चरा बिहान हर्ेदा मरेको अवस्थामा भेटिएको पनि स्थानीय बासिन्दाले जनाएका छन् । बा“सको झाङमा समेत चरा मरेकाले गाउ“ले चिन्तित भएको उल्लेख गर्दै गाछी टोलका श्याम न्यौपानेले मरेका कुखुरा चरा गाउ“भन्दा केही पर जंगलमा लगेर फालिएको जानकारी दिए ।
कुखुरा र चरा मरेको सम्बन्धमा अनुसन्धान गर्न स्थानीय सञ्जय कार्कीले सम्बन्धित निकायस“ग अनुरोध गरेका छन् । जिल्ला पशु कार्यालय रौतहटले भने पक्षी मरेको जानकारी कतैबाट नआएको जनाएको छ ।
सीमावर्ती क्ष्ँेत्रमा पर्ने रौतहटका विभिन्न गाउ“मा बर्डफ्लु नियन्त्रणको प्रयास नगरिएकाले रोग देखा परेको हुनसक्ने कार्कीले आशंका गरे । स्थानीय बासिन्दाका अनुसार भारतस“ग सीमा जोडिएका नाकाबाट कुखुराका अन्डा र कुखुरा नेपाल भित्रने क्रम रोकिएको छैन ।
Monday, February 4, 2008
05-Feb-2008
सरकार र सातदलले २८ चैतमा संविधानसभा चुनाव गर्ने संकल्प गरे पनि नागरिक समाज र मधेसी नेताले शंका गरेका छन् । गठबन्धन सरकारले चुनाव गर्ने प्रतिबद्धता दोहोर्याए पनि आन्तरिक रूपमा चुनाव नगर्ने षड्यन्त्रमा लागेको उनीहरूको आरोप छ ।
संविधानसभा चुनाव गर्ने प्रतिबद्धता व्यक्त गर्दै दलहरूले देशव्यापी संयुक्त सभासमेत गरिसकेका छन् । मधेसी नेताहरूका अनुसार यस्ता सभाको औचित्य छैन । तर्राई-मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले दलको सभाले उनीहरूबीचको खोक्रो एकतालाई मात्र देखाएको टिप्पणी गरे । २८ चैतमा चुनाव हुन नसक्ने दाबी गर्दै उनले भने, 'सरकार आफै चुनावको पक्षमा छैन, कसरी हुन्छ चुनाव ?'
तर्राईवासी, दलित, जनजाति र शान्तिपूण आन्दोलनमा उत्रेका समूहमाथि सरकारले दमनको नीति लिन थालेको ठाकुरको आरोप छ । उनले नया“ पत्रिकासित भने, 'तर्राईवासीको मागमा सरकार संवेदनशील नभए स्थिति झन् ब्रि्रन सक्छ ।' गणतन्त्र घोषणा, पूणसमानुपातिक चुनाव प्रणाली र राष्ट्रिय एकता कायम गरी आत्मनिर्ण्र्ााहितको अधिकार जनतालाई दिने कुरा संविधानमा लेखिए चुनावको माहोल बन्ने ठाकुरको भनाइ छ । उनले भने, 'यसका लागि तर्राईमा शान्तिपूण आन्दोलन गरिरहेका सबै पक्षसितको गोलमेच सम्मेलन गर्नु जरुरी छ ।'
बुद्धिजीवी नीलाम्बर आचार्यले पनि २८ चैतमा चुनाव हुने सम्भावना देखेका छैनन् । 'चुनावका विषयमा सात पार्टर्ीीत्रै मनमुटाव छ, कसरी चुनाव गर्न सकिएला -' उनले भने, 'म मात्र होइन, आमनेपाली जनता नै अहिलेकै स्थितिमा चुनाव हुन सक्छ भन्नेमा छैनन् ।'
तर्राईमा शान्तिपूण आन्दोलन गर्ने र हतियारधारी समूहलाई सरकारले छुट्याउन नसकेको उनको आरोप छ । 'सरकारले आन्दोलन गर्ने सबैलाई एउटै रूपमा लिनुहु“दैन । मिल्न सक्नेसित मिल्नुपर्छ नसक्नेसित कारण देखाउ“दै सोहीअनुसारको व्यवहार गर्नुपर्छ,' उनले भने । नागरिक अगुवा सुन्दरमणि दीक्षितले पनि अहिलेकै अवस्थामा शान्तिपूण संविधानसभा चुनाव गर्न नसकिने बताए । उनले भने, 'चुनाव अनिवार्य छ, तर सरकार चुनाव गराउने बाटोमा देखि“दैन ।'
तर्राईवासीले उठाएका मागलाई सरकार र ठूला दलले टेरपुच्छर नलगाएको आरोप दीक्षितले लगाए । जनजाति/आदिवासीलगायतका समूहसित सरकारले गरेका सहमति कार्यान्वयन नगरेको टिप्पणी गर्दै दीक्षितले भने, 'भएका सबै सहमतिलाई सरकारले पालना गर्नुपर्छ ।' सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो सरकारले यही स्थितिमा चुनाव गराउन नसक्ने ठोकुवा गर्छन् । 'सरकारमा सामेल दलहरू नै २८ चैतमा हुने भनिएको संविधानसभा चुनावलाई नै सहिद बनाउने षड्यन्त्रमा लागेका देखिन्छन्,' उनले भने । महतोका अनुसार सरकारमा सामेल दलका नेताहरूबीच नै विश्वासको संकट भएकोले चुनावबाट पछि हट्न खोजिरहेका छन् ।
केही राजनीतिक दलका नेता र मन्त्री बन्दुकको भरमा मधेसका समस्या समाधान गर्ने कोसिसमा लागेको महतोको आरोप छ । उनले भने, 'सरकार यही मनसायमा छ भने मुलुकका लागि त्योभन्दा ठूलो दर्ुभाग्य अरू हुन सक्दैन ।' तर्राईवासीले उठाएका माग सम्बोधन नगरे २८ चैतमा मात्र होइन, त्यसपछि पनि चुनाव गर्न नसकिने मधेसकै अर्का नेता तथा मधेसी जनअधिकार फोरमका किशोरकुमार विश्वासको भनाइ छ । उनले भने, 'अन्य समूह चुनाव गर्र्छौं र हुन दिन्छौं भनेर अघि बढेका छन् । तर, हाम्रा माग पूरा नगरेसम्म तर्राईमा चुनाव गर्न कठिन छ ।'
सबैभन्दा बढी मधेसका जनता संविधानसभा चुनावको पक्षमा रहे पनि उनीहरूको भावनालाई सरकारले समेट्न नसकेको विश्वासको तर्क छ । सरकार र सातदललाई माघ मसान्तभित्र आफूहरूले उठाएका माग पूरा गर्न 'अल्टिमेटम' दिएको दोहोर्याउ“दै उनले भने, 'माग पूरा नभए १ फागुनदेखि देशव्यापी आमहड्तालमा उत्रने निर्ण्र्ाागरिसकेका छौं, त्यो अवस्थामा चुनाव हुन सक्दैन ।' र् अर्थपूण चुनाव गराउने पक्षमा सरकार आफैं नरहेको आरोप मधेसी जनअधिकार फोरम -उपेन्द्र समूह) का सचिव बिपी यादवको छ । उनले भने, 'हामी चुनाव चाहन्छौं, तर हामीले उठाएका सबै माग चुनावअघि पूरा हुनुपर्छ ।'
नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे भने संविधानसभा चुनाव हुन्छ कि हुन्न भन्ने अन्योलमा छन् । 'म भर्खर बाहिरबाट आएको छु, मलाई यसबारे जानकारी छैन, अरूलाई नै सोध्नुस् न ल,' उनले नया“ पत्रिकासित सोमबार भने । प्राध्यापक संघका अध्यक्ष भूपति ढकाल 'कमल'ले भने २८ चैतमा चुनाव हुने दाबी गरे । 'चुनाव हुन्छ, भएन भने यसको सबै दोष माओवादीले लिनुपर्छ,' उनले भने, 'तपाईंले माओवादीका कार्यकर्ताको व्यवहार देख्नुभएको छैन -, यसैले पनि प्रस्ट हुन्छ नि †' तर्राईमा आन्दोलनरत समूहले उठाएका जायज मागलाई पूरा गर्नुपर्ने उनको भनाइ छ । ढकालले थपे, 'सकारात्मक माग पूरा गर्नुपर्छ, नकारात्मक मागलाई डिलेट गर्नुपर्छ ।'
अन्तरिम संविधानका मस्यौदाकार लक्ष्मण अर्याल पनि चुनाव हुनेमा ढुक्क छन् । उनले नया“ पत्रिकासित भने, 'चुनाव गर्न सातदल प्रतिबद्ध छन्, चुनाव हुन्छ ।' नेपाल बार एसोसिएसनका पर्ूवअध्यक्ष शम्भु थापाले चुनाव हु“दैन भन्न चाहेनन् । 'शम्भु थापाले नकारात्मक बोल्यो भन्ने किन पार्नु -, यो विषयमा म केही बोल्दिन“ ।' वाम बुद्धिजीवी श्याम श्रेष्ठले पनि तर्राईको समस्या समाधान नगरे चुनाव गर्न नसकिने बताए । उनले भने, 'चुनावको विकल्प छैन, त्यसका लागि दलहरू सक्रियतापूवक लाग्नुपर्छ ।'
२८ चैतमा चुनाव हुन सक्दैन भन्नुमा कुनै तुक नरहेको प्राध्यापक कृष्ण खनालको तर्क छ । उनले भने, 'कुनै पनि हालतमा निर्धारित मितिमै चुनाव गराउनर्ुपर्छ, यो सातदल र सरकारको जिम्मेवारी हो ।' तर उनले पनि तर्राईका समस्या समाधान नभए चुनाव गर्न मुस्किल हुने बताए । 'सातदलीय सरकारका लागि यो अग्निपरीक्षा हो, हेरांै कसरी पास हुन्छन्,' खनालले भने । कांग्रेस महामन्त्री रामबरण यादवले २८ चैतमा नै कुनै पनि हालतमा चुनाव हुने ठोकुवा गरे । 'हामी तर्राईवासीले उठाएका मागबारे आन्दोलनकारी नेतासित छलफलमा छौं, चा“डै सहमतिमा पुग्छौं,' उनले जनतालाई विश्वस्त गराउन खोजे । आमनेपाली जनता चुनावको पक्षमा रहेकाले पनि निर्धारित मितिमा चुनाव हुनेमा आफू ढुक्क रहेको यादवको भनाइ छ । उनले भने, 'म पनि तर्राईकै नेता हु, तर्राईका जनता के चाहन्छन्, त्यो हामीलाई पनि थाहा छ ।'
शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेल पनि निर्धारित मितिमा चुनाव हुनेमा ढुक्क छन् । 'तपाईंहरू ढुक्क हुनुस् न, हामी त्यही चुनावमै लागिरहेका छौं,' उनले नया“ पत्रिकासित भने । तर्राईमा आन्दोलनरत पक्षसित अनौपचारिक वार्ता चलिरहेको जानकारी उनले दिए । 'तपाईंहरू अरूले के भने भन्नेतिर नलाग्नुस् र क्लियर हुनुस्- हामी सबैलाई सहमतिमा ल्याएर चुनाव गराएर छाड्छौं,' पौडेलले भने ।
एमाले नेतार् इश्वर पोखरेलले चुनावको विकल्प नरहेकाले कुनै पनि हालतमा २८ चैतमा चुनाव हुने दाबी गरे । तर, तर्राईका कारण चुनाव रोकिन सक्ने संकेत उनले पनि गरे । 'तर्राईको समस्याले रोके मात्र, नत्र चुनाव हुन्छ,' उनले भने, 'रोकियो भने त्यसको दोष कांग्रेसले लिनुपर्छ, कांग्रेसकै कारण मधेस समस्या बढेको हो ।' उनले सरकार र कांग्रेसको गैरजिम्मेवारीका कारण समस्याले उग्ररूप लिदै गएको टिप्पणी पनि गरे ।
Sunday, February 3, 2008
03-Feb-2008
तराइमा पर्याप्त सुरक्षा अभावका कारण उक्त क्षेत्रमा जातीय हिंसा भड्कन सक्ने राष्ट्र संघीय मानवअधिकार उप उच्चायुक्त क्वाड. हृवा काड.ले बताउनु भएको छ ।
आफ्नो ५ दिने नेपाल भ्रमणमा नेपाल आउनु भएकी काड.ले राजधानीमा मन्त्री, सुरक्षा प्रमुख र दलका नेता एवं मोफसलका हिंसाबाट पीडितहरुसँग भेट गरी आइतबार आयोजना गरिएकेा पत्रकार सम्मेलनमा दण्डहीनता र कमजोर सुरक्षा संयन्त्रका कारण सशश्त्र समूहहरुबाट हत्या अपहरण बढिरहेको बताउनु भयो ।
उप उच्चायुक्त काड.ले राजनीतिक र्याली र सभाहरुमा भइरहेको विष्फोटहरुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले तराइका जनताको बाँच्ने अधिकार र सभा संगठन गर्न पाउने अधिकारलाई कुण्ठित गर्नुका साथै स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई चुनौति दिएको उल्लेख गर्नु भयो ।
जातीय विभेदको अन्त्यलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्नु पर्ने भन्दै उहाँले सर्वोच्च अदालतले संक्रमणकालमा खेलिरहेको भूमिकाको प्रशंसा समेत गर्नु भएको छ । मानवअधिकार रक्षकहरुलाई आएको धम्कीहरुप्रति चिन्ता व्यक्त गर्दै व्यवधानबिना मानवअधिकार गतिविधि गर्न विशेष सरकारी संरक्षण हुनु पर्नेमा जोड दिनु भयो ।
Friday, February 1, 2008
02-Feb-2008
मधेसी मोर्चाका २५ कार्यकर्ता गिरफ्तार,आधा दर्जन घाइते
सप्तरी/ संयुक्त मधेसी मोर्चाको आह्वानमा शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा तालाबन्दी गर्न गएको मोर्चाका २५ कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । मधेसी जनअधिकार फोरम र सद्भावना पार्टर्ीीे संयुक्त मधेसी मोर्चाको पूवघोषित कार्यक्रमअनुसार मोर्चाको जुलुससहित तालाबन्दी गर्न गएका कार्यकर्तालाई त्यहा“ उपस्थित प्रहरीले तालाबन्दी गर्नुअगावै जिल्ला प्रशासन कार्यालय गेटअगाडिबाट गिरफ्तार गरेको हो । जिल्ला प्रशासन घेराउ गरेपछि सद्भावनाका केन्द्रीय सदस्य महेश यादव, युवा मञ्चका केन्द्रीय अध्यक्ष दीपेन्द्र चौधरी, विद्यार्थी मञ्चका सप्तरी अध्यक्ष किशोरकुमार यादव 'केसी' लगायत २५ जनालाई प्रहरीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय लगेको छ ।
गिरफ्तारीपछि आक्रोशित मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गरेका छन् । जिल्ला प्रशासनको सुरक्षार्थ सयौं सशस्त्र र जनपदका प्रहरीलाई तैनाथ गरिएको छ । प्रहरीले मोर्चाका कार्यकर्तालाई गिरप\mतार गर्ने क्रममा भएको झडपमा आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका छन् । उनीहरूको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
शैलेन्द्र " सुमन"